बिपिडब्लु लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ – बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ निस्कासन तथा बिक्री खुला गर्दैछ।लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि अब सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रूपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Dengue

सर्वसाधारणले लघुवित्तको आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २ गतेसम्म लम्बिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार