पीएनजी माथि नेपालको सहज जित

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाउँदै २०७ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पारी खेले । ६९ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

Dengue

त्यस्तै आरिफ शेखले रन बनाउँदा आसिफ शेखले ४४ रनको योगदान गरे । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले २० रन बनाउँदा दिपेन्द्र सिंह ऐरी १७ र कुशल मल्लले १२ रन बनाए । बलिङतर्फ पीएनजीका लागि असाड भालले तीन विकेट लिए । त्यस्तै नोरमान भानुवा र सेसे बाउले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको हो । पीएनजीका लागि काड सोपारले अविजित ३६ रन बनाए । त्यस्तै कप्तान असद भाला ३६ रन बनाउँदा सेसे बाउ पनि ३१ रनमा आउट भए । पीएनजीका किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाए ।

नेपालका लागि गुलशन झाले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले २ विकेट लिँदा करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान एक÷एक विकेट रह्यो । जितसँगै नेपालले २९ खेलमा २८ अंक जोडेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता जोगाउन झनै सहज हुनेछ । अब नेपालले एकदिवसीय मान्यता जोगाउन चार खेल जित्नु पर्नेछ भने विश्वकप छनोटमा पुग्न ६ खेल जित्नु पर्नेछ । पराजित पीएनजीको २९ खेलबाट ५ अंक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार