नेपाल व्यापार संघको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राखेका छाैँ : अध्यक्ष हरि गाैतम

काठमाडाैँ – नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले संघको क्षेत्र विस्तारलाई मुख्य प्राथमिकतामा राखि अघि बढाएको बताएका छन् । शनिवार काठमाडौँको चोभारमा आयोजना गरेको बृहत बनभोज कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले व्यापार संघलाई प्रदेश, नगर तथा वडास्तरमा संगठन विस्तार गर्ने र व्यवसायिक क्षेत्रका सवालमा निरन्तर आवाज उठाउने प्रष्ट पार्नुभयो । विभिन्न समयमा व्यावसायिक क्षेत्रका समस्या, चुनौतीलाई प्रस्तुत गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेको प्रष्ट पार्दै अझै आगामी दिनमा यस संघलाई व्यवसायिक क्षेत्रका व्यक्तिहरुको बलियो संगठन बनाउदै लैजाने प्रष्ट पार्नुभयो ।

उहाँले प्रदेश कमिटी ४१ जना र जिल्ला कमिटी ३७ जनाको रहने गरि छिट्टै अघि बढ्ने समेत प्रष्ट पार्नुभयो । यो हरेक व्यावसायिक क्षेत्रका व्यक्तिको हक हित र अधिकारका लागि लड्ने संस्था भएकाले यसलाई माथि उकास्न सम्पूर्ण क्षेत्रका व्यक्तिहरुको सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।

Dengue

व्यापार संघमा आवद्ध व्यक्तिहरुलाई धन्यवाद दिदै यस संघमा जोडिन सबै उद्योगी, व्यापारीहरुलाई आग्रह समेत गर्नुभयो । २०४७ सालदेखि निरन्तर अघि बढेको संघमा यहि साउनदेखि हरि गौतमले नेतृत्व गरिरहनुभएको छ । अन्य प्रतिनिधि समेत संस्थाप्रति बफादार, इमान्दार तथा मेहनती भएकाले आफुलाई अगाडी बढ्न सहज भएको समेत उहाँले प्रष्ट पार्नुभयो । सुख, दुख अनि भोक तिर्खा नभनि व्यवसाय गरिरहेका व्यक्तिहरुको साझा संघ भएकाले ढुक्क भएर आफ्नो समस्या राख्न समेत आग्रह गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार