काठमाडौं – सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको हो ।
जर्मनीको मचल्बर आईडी सर्भिसले १४ लाख ९८ हजार डलर (करिब १९ करोड ८५ लाख रुपैयाँ) रुपैयाँको ठेक्का पाएको हो । ८ लाख ६१ हजार लाइसेन्स छाप्न बाँकी रहँदा विभागमा अहिले साढे ३ लाख मात्रै बार्ड बाँकी छन् ।
प्रतिक्रिया दिनुहोस्