सवियुको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न, पंकज यादवको अध्यक्षतामा समिति गठन

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल सम्वद्ध समाजवादी विद्यार्थी युनियन नेपालको लुम्बिनी प्रदेशस्तरीय भेला सम्पन्न भएको छ ।
कपिलवस्तुको चन्द्रौटामा शनिबार सम्पन्न भेलाले पंकज यादवको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरेको छ ।
समितिकिो उपाध्यक्षमा विवेकराज भट्टराई, पुजा यादव, राजु यादव र मुख्य सचिवमा मो. इरफान मन्सुरी र सचिवमा बसन्त प्रकाश यादव रहेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका प्रदेश अध्यक्ष अशोक यादव प्रमुख अतिथि रहेको भेलामा प्रदेश सदस्य शिवपुजन यादव, समाजवादी विद्यार्थी युनियनकी केन्द्रीय उपाध्यक्ष रीता यादव लगायतको सहभागिता रहेको थियो ।

 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार