सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामा १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  – बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ ।

आजका लागि बजारमा छापावाल सुनको खरिद बिक्री मूल्य एक लाख ७ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको छ । बुधबार एक लाख ६ हजार ३ सय रुपैयाँमा छापावाल, एक लाख ५ हजार ८ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार