पोखरामा भएको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

Call24News

काठमाडौं – आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।

तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ। तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भएकोले निकाल्ने प्रयास भईरहेको छ ।
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेकामध्ये पाँच जनाको सनाखत समेत भईसकेको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार