एमाले र माओवादीका सुदूरपश्चिम इन्चार्ज भट्टद्वयबीच भेटवार्ता

कैलाली –  एमाले र माओवादीका सुदूरपश्चिमका इन्चार्जबीच भेटवार्ता भएको छ। नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्टबीच भेटवार्ता भएको हो।

बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो। स्रोतका अनुसार उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको भएको छ। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा छ।

Seti Hospital

काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि यहाँ प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्। उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको बताइएको छ। केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार