दशकमै दोब्बर भयो वैदेशिक ऋण

काठमाडौं – दस वर्षको अन्तरमा नेपालको वैदेशिक ऋण झन्डै साढे दुई गुणाले बढेको छ । विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण प्रतिवेदन २०२२’ अनुसार सन् २०१० देखि २०२१ सम्मको अवधिमा नेपालले पाँच अर्ब अमेरिकी डलर वैदेशिक ऋण थप गरेको छ ।

विश्व बैङ्कको उक्त प्रतिवेदनअनुसार सन् २०१० मा नेपालको कुल वैदेशिक ऋण तीन अर्ब ७८ करोड अमेरिकी डलर थियो । सन् २०२१ सम्म आइपुग्दा उक्त ऋण आठ अर्ब ८५ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक ऋणको प्रवृत्ति हेर्दा पछिल्लो पाँच वर्षमा यसको वृद्धिदर बढी छ । उक्त अवधिमा मात्रै नेपालको वैदेशिक ऋण तीन अर्ब ८९ करोड अमेरिकी डलरले बढेको छ ।

Tihar shuvakamana
Discovery School

प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१७ पछि वैदेशिक ऋण लिने क्रममा निरन्तर वृद्धि भइरहेको छ । सन् २०१७ मा चार अर्ब ९६ करोड वैदेशिक ऋण रहेकामा सन् २०१८ मा पाँच अर्ब ५१ करोड डलर पुगेको छ । त्यसपछि एकै वर्षमा अर्थात् सन् २०१९ मा छ अर्ब ५१ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२० मा वैदेशिक ऋण झन् बढेर सात अर्ब ९० करोड डलर पुगेको प्रतिवेदनको तथ्याङ्क छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार