सेयर बजार : मंगलबार सबै उपसूचकमा हरियाली देखियो

काठमाडौं – सेयर बजार सकारात्मक देखिएको छ । लगातार ओरालो लागेको सेयर बजार आज भने दोहोरो अंकको वृद्धि भएको छ । आज बजार परिसूचक नेप्से ०.७६ प्रतिशत अर्थात १४.२२ अंकले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।

Dengue

सनराइज ब्लूचिप फन्डको मूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घट्यो । नेपाल टेलिकम, सिभिल बैंक, हिमालय डिष्ट्रिलरी, नबिल बैंकलगायत कम्पनीको मूल्य धेरैले घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार