सुनको मुल्य निरन्तर उकालो : सातामा १३०० रुपैँयाले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो । यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार