मेरो उम्मेदवारीको अर्थ जीत–हार मात्रै थिएन, यो एउटा अभियान थियो : डा. ज्ञान बस्नेत

काठमाडाैँ क्षेत्र नम्बर ९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले आफ्नो उम्मेदवारीको अर्थ जीत–हार मात्रै नभएर यो एउटा अभियान भएको बताएका छन् । उहाँ लेख्नुहुन्छ :

सर्ब प्रथम यो भुगोललाई नमन गर्छु ।
बितेका ४ महिनामा हजारौं–हजार घरदैलोमा पुगेर आदरणीय आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरु संग प्रत्यक्ष बार्तालाप गर्ने, यो भुगोलर समाज गहिरो रुपमा चिन्ने अवशर र अनुभब जुन प्राप्त भयो, यो अरु कुनै बस्तुसंग तुलना हुँन सक्दैन । अनुभब अनुपम रहयो ।
जनताले पुरानै शक्तिलाई÷पार्टिलाई नै अनुमोदन गरेको देखियो । सार्बभौमसत्ता सम्पन्न जनताको निर्णय सबैले मान्नु पर्छ । मेरो उम्मेदवारिको अर्थ जित–हार मात्रै थिएन, यो एउटा अभियान थियो, दबाब–चुनौती र नयाँ सुरुवातको पहिलो पाहिला थियो । यो अभियान अब अझ सशक्त हुनेछ । म मैदानमै हुनेछु, मैले अघी सारेका ११ बुँदे एजेण्डा र अरु प्रतिबद्दताहरुलाई जिबनभर बोक्ने छु । काठमाडौं क्षेत्र न. ९ का आदरणीय आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुको दुखसुखको साथी बनिरहने छु। यो भुगोल, हाम्रो शभ्यता र संस्कृती र सामाजिक न्यायाको खातिर उभिनै रहने छु ।
साथै काठमाडौं क्षेत्र न. ९ का आदरणीय आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु । चुनावका दौरान मलाई अहोरात्र साथ दिने मेरो टिमका साथिहरु– मान बस्नेत, धनजित बस्नेत, अनिल रायामाझि, समिर खड्का, श्याम कार्की, बालकृष्ण काफ्ले, र रुमा भट्टराइ घिमिरे धन्यवादको पात्रो हुनु हुन्छ। साथै मेरो परिवार , श्रीमती सरू सिँह बस्नेत, छोरीहरु भोगिनीसंज्ञा सिंह बस्नेत र आभिरी अखण्डज्योती संज्ञा सिंह बस्नेतलाई आभार ब्यक्त गर्दछु ।

Dengue

बेलायतबाट कानुनमा विद्यावारिधी गरेका डा. बस्नेत लामो समय अध्यापन क्षेत्रमा रहनुभएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार