न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान विश्वकपको फाइनलमा

काठमाडौँ – पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवान र बाबर आजमले अर्धशतकीय परी खेले । ४३ बल खेलेका रिजवानले ४ चौका सहयोगमा ५७ रन बनाए । त्यस्तै ४२ बल खेलेका बाबरले ७ चौकाको सहयोगमा ५३ रन बनाए । पाकिस्तानका लागि महमद हरिसले ३० रनको योगदान गरे ।

Dengue

बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले ४६ रन बनाउँदा डेभोन कनवेले २१ रन जोडे । पाकिस्तानका लागि साहिन शा अफ्रिदीले दुई विकेट लिए । त्यस्तै मोहमद नवाजले एक विकेट लिए । पाकिस्तानले अब फाइनलमा भारत र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार