संविधान र संघीयता जोगाउने आन्दोलन गठबन्धनले गरिरहेको छ : मन्त्री बडू

दार्चुला – प्रतिनिधि सभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले नेपालको संविधान र संघीयता जोगाउने आन्दोलन सत्ता गठबन्धनले गरिरहेको  बताएका छन् । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत दार्चुलाको अपिहिमाल गाउँपालिका–२ घुसा पुगेका मन्त्री बडूले एमाले अध्यक्ष केपी ओलीले समाप्त पार्न लागेको संविधान र संघीयता जोगाउन गठबन्धनले आन्दोलन गर्नुपरेको बताए। जनताको दुई तिहाइ जनमतमाथि केपी ओलीले विश्वासघात गरेकाले अब एमालेलाई जनमत दिनुको औचित्य नै नभएको मन्त्री बडूको भनाइ छ । जिल्लाको विकट क्षेत्र अपिहिमालको घुसा पुगेर मन्त्री बडूले यहाँको महत्वपूर्ण विकास विद्युत र पर्यापर्यटनमा रहेको भन्दै पर्यटकीय पूर्वाधारमा आफूले काम गर्ने बताए । मार्मा, घुसा अपिहिमाल जाऔँ भन्ने मूल अभिप्रायका साथ अपिवेश क्याम्पसम्म केबलकार संचालनमा ल्याउने योजना मन्त्री बडूले सुनाए । केबरकारको लागि नीजि क्षेत्रसँग सम्झौता गर्ने कार्य भइरहेकाले यसले छिट्टै पूर्णता पाउने बताए । साथै मन्त्री बडूले विकट क्षेत्र अपि हिमालमा बाटोघाटो, केन्द्रीय विद्युत लाईन विस्तार र केबलकार संचालनको योजना बनेकाले विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।

यसैबीच प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीले अपि हिमाल गाउँपालिका पर्यटन क्षेत्रको लागि अन्यन्त आर्कषक ठाउँ भएकाले यसलाई समृद्ध बनाएर अगाडी बढ्ने बताए । अपिबेशसम्म पर्यटकको आवागमनमा सहजताका लागि पदमार्गलाई व्यस्थित ढंगले अगाडी बढाइ काम भइरहेकाले विभिन्न थप पूर्वाधार निर्माण गर्ने बताए । साथै उनले सडक र विद्युतको सुविधाका लागि केन्द्र र प्रदेश सरकारले काम गर्ने बताए । अपिहिमाल पुगेका द्धय उम्मेदवारहरुलाई स्थानीयहरुले फूलमालाले भव्य स्वागत गरेका छन् ।

Dengue

प्रदेश सभा १ का उम्मेदवार धामी लेकमको चुचेबगड पुगे

लोकतान्त्रिक बाम गठबंधनकोतर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिक्रम सिह धामी नेतृत्वको टोलीले घरदैलो एवं भेटघाट गर्न लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोली चुचेबगड गाउँमा स्थानीय सित भेटघाट गरेर बिथड गाउँमा कोणसभा गरेको छ । चुचेबगडमा भेटघाटको क्रममा आफ्नो गुनासो राख्दै स्थानीय पदम साउँदले गाउँमा विद्यालय भवन अभाव रहेको बताए । यहाँको शिक्षा र स्वास्थ्य र दैनिक जीविकाको समस्यामा पटक पटक आवाज र माग गरेकोमा कुनै सुनुवाइ नभएकाले यसपालिको मत बदलिएर गठबन्धनमा समाहित गर्ने बताए । साथै उनले चौलानी नदी वारपार गर्न २०७० सालमा जनताको तर्फबाट काँग्रेसलाई झोलुङ्गे पुल बनाईदिन आग्रह गरेको हुदा चुनाव हार्दा समेत त्यो समस्या सामाधान भएको स्मरण गरे । कोणसभामा नेकपा एकिकृत समाजबादीका जिल्ला सह–ईन्चार्ज गणेश जोशीले प्रदेश क्षेत्र नम्बर १ ले त्यागी, इमानको राजनीति गर्ने मान्छे पाएकाले विक्रम सिंह धामीलाई यस क्षेत्रको विकास र समृद्धिका लागि जिताउनुपर्ने बताए । साथै उनले  यस क्षेत्रमा एमालेमा नै टिकटको विषयमा असन्तुष्टि रहेकोले ३० प्रतिशत एमालेको मतसमेत विक्रमसिंह धामीमा खस्ने दाबी गरे । कोणसभामा आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम सिह धामीले चुनाव लोकतन्त्रको पर्व भएकाले निष्पक्ष तरिकाले हुनुपर्ने बताए ।

आफुले समाज र जनताको लागि राजनीति गरेको हुँदा जनताको सेवाबाहेक आफ्नो अर्को कुनै स्वार्थ नरहेको र आफ्नो सेवा सुबिधा समेत जनसेवामा खर्च गर्ने बताए। साथै अहिलेसम्म सांसद बनेर गएकाहरु फर्केर जनताको माझमा नआउने, फोन नउठाउने जस्ता व्यवहारले गर्दा नेताप्रति जनताको बितृष्णा बढ्दै गएको हुँदा आफू त्यस्तो सांसद नबन्ने र जनसेवक बनेर शिक्षा, स्वास्थ, खानेपानी यातायातजस्ता समस्यामा आफ्नो ध्यान सधै केन्द्रित गराउने बताए । लेकम क्षेत्रको भेटघाट कार्यक्रममा लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नम्बर १ का प्रचार प्रसार समिति संयोजक एवं काङ्ग्रेसका प्रदेश सदस्य मदन गिरी, नेकपा एकिकृत समाजवादीका प्रदेश समानुपातिक उम्मेदवार राधिका अवस्थीकोसमेत उपस्थिति छ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार