एकजना यात्रु मात्रै लिएर बुद्ध एअरको जहाज उडेपछि ….

काठमाडौँ  – कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् ।

केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाण्डौबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए ।

Dengue

उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन् “काठमाण्डौबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।”

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको  जानकारी दिए । अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ ।

एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्रु बोकेर काठमाण्डौ आएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार