भारतीय पक्षले पहरा फुटाउन गरिएको बिष्फोटबाट ढुंगा उछिट्टिएर १२ वर्षीय नेपाली बालकको मृत्यु

काठमाडाैं – भारतीय पक्षको लापरवाहीका कारण एक जना नेपाली बालकको मृत्यु भएको छ । भारतीय सिमानातर्फ पहरा फुटाउन गरिएको जिलेटिन बिष्फोटका कारण दार्चुलाको व्याँस गाउँपालिका वडा नं. २ तम्पाकुका १२ वर्षीय पवन महराको ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतपट्टी पहरा फुटाउन जिलेटिन बिष्फोट गर्दा उछिट्टिएको ढुंगा टाउँकोमा लाग्दा महराको घटनास्थलमै मृत्यु भएको उनले बताए।
भारत धार्चुलाको लखिमपुरस्थित सडक निर्माणमा संलग्न गर्ग एण्ड गर्ग कम्पनीले जिलेटिन बिष्फोट गरेको थियो । त्यस क्षेत्रमा प्रहरी पुगेपछि घटना बारे थप जानकारी प्राप्त हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार