मेमोरी किङ्ग अर्पण शर्माले कायम गरे नयाँ विश्व कीर्तिमान

काठमाडौँ – मेमोरी किङ्ग अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् । युवाहरु माझ लोकप्रिय अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लण्डनको “वर्ल्ड बुक अफ रेकर्ड्स” को कार्यालयबाट नेपाल आए लगत्तै सार्वजनिक गरेका हुन् ।

पूर्व प्रधानमंत्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । १ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन ।

Dengue

शर्माले यस अघी सन् २०१५ मा १ मिनटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु” उनी बताउँछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार