नदीमा नुहाउन गएका २ किशोरी वेपत्ता

दाङ- दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ ।

बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

Dengue

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार