शिक्षक सेवा आयोगले पुनः तिनै तहको विज्ञापन खोल्दै, यस्तो छ कार्यतालिका

काठमाडौँ – विद्यालयको तहगत संरचना आधारभुत तह र माध्यमिक तह भएपनि शिक्षक सेवा आयोगले तिनै तहको लागि विज्ञापन गर्ने तयारी गरेको छ ।
आयोगले वार्षिक कार्यातालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुरा हुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको हो ।
आयोगले वार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहो विज्ञापन गर्ने छ । चालु शैक्षिक सत्रको चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरणल केन्द्रले पठाउनासाथा विज्ञापन गर्ने तयारी थालेको आयोगले जनाएको छ । आयोगले २०७८ माघमा संचालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी ३५ हजार ५५६ जना परीक्षार्थी मध्ये ३ हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए । सामान्य परीक्षा सफल भएका मध्ये माविका अधिकांश विषय शिक्षक नियुक्तिका लागि आयोगले सिफारिस गरिसकेको छ । आयोगले माविका सबै विषयको नितिजा प्रकाशन गरे लगत्तै निमाविको विषयगत नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार