अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।

राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण कम्पनीको चरम लापारबाहीले अलपत्र परेको जनाउँदै नगरपालिकाले मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन बिहीबारदेखि गणना हुनेगरी ३५ दिने समयसीमा तोकेको हो ।

धनगढी सूचना

अलपत्र योजनाका कामहरु ३५ दिनभित्र पुनः शुरु नगरेमा सम्बन्धित निर्माण व्यवसायीलाई कालो सूचिमा राख्ने लगायतका कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । “राज्यले करोडौँको लगानी रहेको आयोजनाका काम गर्ने जिम्मा दिइसकेपछि आलटाल, ढिलासुस्ती गर्ने र सम्पर्कमा नआइ राज्यलाई ठगी गर्ने कसैलाई पनि छुट छैन”, उनले भने, “निर्माण व्यवसायीका कारण यो नगरपालिकालाई गैरजिम्मेवार बनाउने प्रयास भएको हाम्रो हठर छ । संयमता पूर्वक गरिएको आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न हुने परिस्थितिको आयोजना व्यवस्थापन गर्ने निकाय र निर्माण कम्पनीले व्यहोर्नुपर्नेछ ।”

नगरप्रमुख भट्टराईले नगरपालिकाभित्र निर्माणाधीन, अधुरा र अलपत्र रहेको १७ वटा योजनाहरुको विवरण बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे । नगरप्रमुख भट्टराईले सार्वजनिक गरेको विवरण अनुसार हुर्लुङ–जालपा सडक ग्राभेल, महुरे–फोक्सिङटार सडक अन्तर्गत नुनथलाको महुरेदेखि राजापानीको सिम्पानी सडक कालोपत्र, अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नति, साप्सुखोला दुबे ग्राभेल सडक र छेपेखोला पक्की पुलको काम अलपत्र छ ।

दोर्पाको पङ्खुखोला पुल, दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक ढलान÷कालेपत्र, भुते–आयुर्वेद सडक स्तरोन्नति, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति, हाँटडाँडा काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नति, भालुखोला र मेवाखेला पुल, दिक्तेलबजार ढलान लगायतका काम पनि अलपत्र छ । जिल्ला अस्पताल नयाँ भवन निर्माण, महुरेगढी बहुप्राविधिक शिक्षालयको दुई तले प्रशासनिक भवन, तीनतले प्राविधिक भवन, विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको भवन निर्माणको काम अपूरो छ ।

प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाबाटै सञ्चालन गर्नेगरी माटिकोरे खेलमैदान निर्माणको काम नै शुरु भएको छैन । गत वैशाख–२९ गतेदेखि शुरु भइ १८ महिनामा खेलमैदान निर्माणको काम सक्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण अहिलेसम्म शुरु नभएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको यस नगरपालिकामा जनप्रतिनिधिहरुको भूमिका सक्रिय नभएको गुनासो आउन थालेको बताइएको छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार