दार्चुला लगायत देशको शिक्षा क्षेत्रमा दिलेन्द्र प्रसाद बडूले के गरे ?

काठमाडौँ – पञ्चायती व्यवस्थाको अन्त्य भएपछि देशभर भएको पहिलो आम निर्वाचनमा दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले संसदको यत्रा तय गर्नुभएको थियो । २०४८ सालको आम निर्वाचनमा पहिलो पटक दार्चुलाबाट निर्वाचित हुनुभएका बडूले दार्चुलाको शिक्षा क्षेत्रलाई सुधार गर्न थुप्रै यसाहरु गर्नुभएको छ ।

  • शंकरपुर मा.वि. पस्ती, पशुपति शिक्षा मन्दिर खलङ्गा, महेन्द्र नमुना माध्यमिक विद्यालय खलङ्गा, लटिनाथ नमुना मा. वि. रिठाचौपता, मालिकार्जुन मा.वि. धाप, मोती महिलासंघ आ.वि. तिंकर लगायत जिल्लाका विभिन्न विद्यालयमा नेपाल-भारत सहयोग कार्यक्रम अन्तर्गत सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएका ।
  • नेपाल-भारत सहयोग कार्यक्रम अन्तर्गत जनविकास मा.वि. बारबाज विद्यालय भवन निर्माण भैरहेको ।
  • हिमालय माध्यमिक विद्यालय हुती र गलैनाथ माध्यमिक विद्यालय झरकडा MOU को प्रक्रियामा रहेको।
  • चीन सरकारको सहयोगमा बन्ने गोकुलेश्वर नमुना माध्यमिक विद्यालयको सुविधा सम्पन्न भवन निर्माणका लागि विशेष पहल भइरहेको ।
  • शंकरपुर क्याम्पस पस्तीको नव निर्मित भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट बजेट विनियोजन गराइएको ।
  • शंकरपुर क्याम्पस पस्तीलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको सम्बन्धन प्राप्तिका लागि पहल भइरहेको ।
  • शंकरपुर मा.वि. पस्तीको विज्ञान प्रयोगशालाको निर्माण गरिएको ।
  • प्राविधिक शिक्षा तर्फ शिक्षा मन्त्रालय/CTEVT अन्तर्गत संचालित विभिन्न कार्यक्रमहरु
  • महेन्द्र नमुना मा. वि. खलंगामा सिभिल इन्जीनियरिङ्ग
  • राष्ट्रिय मा.वि. दत्तुमा कम्प्युटर इन्जीनियरिंङ्ग
  • मालिकार्जुन मा.वि. धापमा सिभिल इन्जीनियरिङ्ग (९-१२)
  • मालिकार्जुन मा.वि. मड मा सिभिल इन्जीनियरिङ्ग
  • कृष्ण मा.वि. डाडाकोटमाTSLC Ag. Plant science
  • लटिनाथ नमुना मा.वि. रिठाचौपातामा सिभिल इन्जीनियरिङ्ग, कृषि, बन विज्ञान
  • हुनैनाथ मा.वि. कुणीमा- ICT (TSLC)
  • मालिकार्जुन मा.वि. काँणापारीमा कम्प्युटर इन्जीनियरिंङ्ग (TSLC)
  • गोकुलेश्वर मा.वि. गोकुलेमा सिभिल इन्जीनियरिङ्ग
  • सत्यप्रकाश मा.वि. देथलामा हाइड्रो इन्जीनियरिङ्ग (TSLC)
  • कृष्ण मा. वि. बलाँचमा इलेक्ट्रिकल इन्जीनियरिङ्ग
  • गणेश विनायक मा.वि. सिप्टीमा बाली विज्ञान
  • लटिनाथ मा.वि. रस्कोट मार्मामा बाली विज्ञान (९-१२)
  • जनविकास मा.वि. बारबांजमा बाली विज्ञान (९-१२)
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न विद्यालयहरुको भवन र ICT योजनाका लागि पहल गरिएको।
  • शिक्षक सेवा आयोगको गठन (२०५६ ), सामुदायिक विद्यालयका शिक्षकहरुको स्थायी नियुक्ति तथा बढुवाका लागि सिफारिस, शिक्षणका लागि आवश्यक पर्ने अध्यापन अनुमतीपत्र र शिक्षकका सेवा शर्त र सुविधाहरुको व्यवस्था ।
  • आधारभूत तथा प्राथमिक शिक्षा परियोजना (BPEP) शुरु । (२०५६)
  • प्राथमिक तहमा अनिवार्य एक जना महिला दरबन्दी सिर्जना गरिएको । (२०४९/०५०)
  • शिक्षाको गुणस्तर सुधारका लागि अनिवार्य शिक्षक तालिम शुरुवात भएको।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार