वृद्धभत्ता बुझेर घर फर्कंदै गरेका बृद्धको भीरबाट लडेर मृत्यु

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–१ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मृत्यु भएको छ ।

धारापानीस्थित साइन रेसुंगा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कंदै गर्दा उनी ठूलाखर्क घोप्टे सालको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनी भीरबाट करिब ८० मिटर तल खसेका थिए ।

Dengue

उनलाई बुधबार दिउँसो करिब ४ बजेतिर भत्ता बुझेपछि उनी घर फर्किएका थिए । भीरबाट लडेको अवस्थामा गएराति स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार