डेंगु संक्रमितकाे संख्या ४२ हजार नाघ्याे, ५१ जनाकाे मृत्यु

काठमाडाैं – कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेकाे छ ।

त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५१ जनाकाे ज्यान गएकाे छ । यो संख्या सन् २००४ यताकै उच्च रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएकाे छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

Dengue

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार