नाबालिग बलात्कार आरोपमा पक्राउ परेका सन्दीप किन बाेल्दैनन् अन्य कैदीसँग ?

काठमाडौं – नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने सँगै रहेकाे कैदी बाेल्ने गरेका छैनन् ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ ।

Dengue

ती प्रहरी अधिकृतले भन्नुभयाे,’अन्य थुनुवासँगै रहेका सन्दीप अरुसँग खासै बाेल्दैनन्, घर परिवार तथा कानुन व्यावसायीसँग मात्रै बाेल्ने गरेका छन्।’ बुधबार तेस्रो पटक हिरासतमा राख्न म्याद थप गरिएपछि सन्दीप झनै निरास भएका छन् । तेस्रो पटक म्याद थप भएपछि प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान तीव्र रुपमा अगाडि बढाएको छ ।

उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएकाे थियाे ।

भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेल काठमाडौं इनमा प्रवेश गरेको फुजेट प्रहरीले फेला पारेको छ । साथै प्रहरील भोलिपल्ट बिहान बाहिरिएको पनि सीसीटीभी फुजेट बरामद गरेपछि उजुरी दर्ता गरेकाे थियाे ।

ती प्रहरी अधिकारीका अनुसार अनुसन्धानकाे क्रममा राति ११ बजे प्रवेश गरेर बिहान ६ः५५ मा होटलबाट किशोरीसँगै सन्दीप बाहिरिएको खुलेकाे छ ।

गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार