अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं – नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च रहेको छ । आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

पछिल्लो तीन महिनायता डलरको भाउ बढ्दो क्रममा छ । डलरको मूल्य बुधबार १ सय ३२ रुपैयाँ ८ पैसा थियो । त्यसमा बढेर बिहीबार अहिलेसम्मकै उच्च भएको हो । विश्वका लगानीकर्ता डलर खरिदमा आकर्षित हुँदा भारतीय मुद्रासँगै नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर भएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार