भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’

विर्तामोड – झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरीले जनाएकाे छ । यसको केहीअघि शाहले उनका भतिज १५ वर्षीय हेमराजलाई गोली हानेका थिए । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Dengue

मृतक शाह सशस्त्र प्रहरी बलबाट अवकाशप्राप्त कर्मचारी हुन् । उनले ‘ह्याण्ड मेड’ पेस्तोलबाट गोली हानेको देखिएको छ । भतिजलाई गोली हानिएभन्दा ५० मिटर उत्तरमा रहेको गेउरिया खोला किनारमा बाँसको झ्याङ्गमुनि शाह गम्भीर अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार उनको साथमा भेटिएको पेस्तोलबाट ३ राउण्ड गोली समेत बरामद भएको छ । ११ वटा गोली पनि भेटिएको प्रहरीले जनाएको छ । उनीहरुबीच पारिवारिक विवाद हुनसक्ने आशंका गरिएको छ । यसबारे इलाका प्रहरी कार्यालय, दमकले विस्तृत अनुसन्धान थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार