तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुने

काठमाडौं – यो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको छ । नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’

Dengue

मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने उनले बताए । ‘व्यापारीहरुले भारतबाट पनि माला आयात गर्छन्,’ उनले भने,’गत वर्ष त भारतबाट आयात भएको माला खपत नभएर फाल्नु समेत परेको थियो ।

यो वर्ष तिहारका लागि खपत हुने फूलको उत्पादन १० देखि २० प्रतिशत फूलको बढेको पनि एसोसिएसनले जनाएको छ । भारतीय फूलको आयात रोक्न गरेको आग्रह समेत सरकारले नसुनेको एसोसिएसनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार