कार्तिकको पहिलो दिन सुनचाँदीको भाउ महंगियाे, तोलाको कतिमा हुँदैछ कारोबार ?

कार्तिक – कार्तिकको पहिलो दिन नै सुनचाँदीको भाउ महंगिएको छ । मंगलबार सुन तोलामा १०० रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

असोजको अन्तिम दिन पनि सुन तोलामा २०० रुपैयाँले बढोत्तरी भएको थियो । हिजो सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, मंगलबार सुनसँगै चाँदीको मूल्य बढेको छ । चाँदी तोलामा २० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ ।

Dengue

सोमबार चाँदीको मूल्य स्थिर रहेको थियो । त्यस दिन चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार