अरिंगालको टोकाइले आमा-छोरीको मृत्यु

सल्यान –  सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ। अर्का एक जना बिरामी छन्। शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति वुढाथोकी र शोभाका अंकल २१ वर्षीय नवीन बस्नेतलाई सोमबार अपरान्ह साढे ५ बजेतिर अरिंगालले टोकेको थियो।

उनीहरू आफ्नै खेतमा धान काटेर घर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार बिरामी भएका सबैलाई उपचारका लागि श्रीनगरस्थित परोपरकार अस्पताल लगिएको थियो। बिरामीमध्ये आमा-छोरीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजतर्फ लैजाने क्रममा छोरीको जिल्लाकै त्रिवेणी गाउँपालिका ६ शंखुमलस्थित बाटोमै सोमबार बेलुका पौने ८ बजेतिर मृत्यु भएको थियो।

dashain shuvakamana
Discovery School

त्यस्तै शोभालाई बाँके कोहलपुर मेडिकल कलेजमा गए राति १ बजेतिर पुर्‍याइएकोमा केही बेरमै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

आमा छोरीको शव जिल्ला अस्पताल सल्यान खलंगामा पोष्टमार्टमका लागि राखिएको छ। अरिंगालको टोकाइबाट बिरामी भएका २१ बर्षीय नवीनको श्रीनगरस्थित परोकपकार अस्पतालमा उपचार जारी रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार