देशैभर बिहान र बेलुका चिसो बढ्न थाल्यो, यी प्रदेशमा हुनेछ क्षणिक वर्षाको सम्भावना

काठमाडौँ  – देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । काठमाण्डौको बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ ।

हिजो १२ दशमलव २ डिग्री सेल्सियस थियो । देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद्ले जानकारी दिएका छन् ।

Dengue

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार