रुपन्देही– २ मा नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं– सर्वोच्च अदालतले रुपन्देही– २ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ ।

Dengue

गुरुङ बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज भएको थियो ।

उम्मेदवार गुरुङ आफैं अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार