पोखरामा प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

काठमाडौँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए। पोखरा-१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी तिवारीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार