दुई महिनामा ८ अर्ब ३५ करोडको सुन आयात

काठमाडौँ – चालू आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा विदेशबाट ८ अर्ब ३५ करोड ७७ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको साउन र भदौ महिनामा उक्त मूल्यको सुन नेपाल भित्रिएको हो ।

यस अवधिमा १२ लाख १५ हजार ग्राम सुन नेपाल भित्रिएको छ । यस बापत राज्यले १ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, यस अवधिमा विदेशबाट ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको चाँदी आयात भएको छ । विदेशबाट यस अवधिमा ६ करोड ९१ लाख ग्राम चाँदी आयात भएको छ । आयातकर्ताले विदेशबाट चाँदी आयात गर्दा राज्यलाई ५८ करोड ७७ लाख रुपैयाँ बराबर राजश्व बुझाएका छन् । नेपालमा टर्की र संयुक्त अरब इमिरेट्सबाट सुनको आयात हुँदै आएको छ ।

Dengue

विभागले टर्कीबाट २ अर्ब ४३ करोड ४० लाख बराबरको सुन र संयुक्त अरब इमिरेट्समार्फत ५ अर्ब ९२ करोड ३७ लाख रुपैयाँको सुन आयात भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार