नवाैँ राष्ट्रिय खेलकुदकाे औपचारिक उद्घाटन

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक समूहले बाजागाजा र झाँकी प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगितामा सहभागी हुने टोलीले मार्चपाससमेत गरेका थिए । आज औपचारिक उद्घाटन भए पनि केही खेलहरू यसअघि नै सुरु भएका थिए ।

Dengue

३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । प्रतियाेगितामा ६ हजार एक सय ५७ खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिता झन्डै एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार