थापाथली बाग्मती किनारका अनधिकृत संरचनामा महानगरपालिकाको डोजर चल्यो

काठमाडौं – काठमाण्डौ महानगरपालिका–११ थापाथलीमा रहेको बाग्मती किनारका अनधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरूपमा संरचना बनाएर बाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्ष अघिदेखि यी संरचना हटाउन खोजेको थियो ।

यी संरचना हटाउन यस समितिले गएको माघ महिनामा पनि सूचना प्रकाशित गरी काम अघि बढाएको थियो । त्यस बेला विभिन्न समूहको दबाबमा काम रोकिएकोमा अहिले काठमाण्डौ महानगरपालिकाको सहयोगमा ती अनधिकृत संरचना भत्काउन थालिएको हो ।

Dengue

त्यस क्षेत्रमा निर्माण भएको रुद्रेश्वर महादेव मन्दिरको पुजारी भवन, क्रियापुत्री भवन, ओम शान्ति भवनलगायत संरचना भत्काइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार