हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार

हुम्ला– हुम्लाको चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । एकसातादेखि सिमकोट गाउँपालिका–१ स्थित चाङला हिमाल चढन पुगेका पाँच जना बेलायती नागरिक र दुई जना नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको हो ।

सोमबार दिउँसो अलपत्र परेका सात जना पर्यटकहरूको उद्धार गर्न प्रयास गरिएपनि खराब मौसमले उद्धार हुन नसकेको माउन्टेन एयर हेलिकप्टरका फ्लाइट अफिसर आकृति प्रधानले जानकारी दिइन । सोमबार गृहमन्त्रालयबाट परिपत्र आएपछि चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न भनिएपनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको हो ।

Dengue

हिमाल चढन चाङला हिमाल पुगेका पाँच बेलायती नागरिक र दुई जना नेपाली नागरिक चाङला हिमालमै एकसातादेखि अलपत्र परेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार