आज र भोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

पानी पार्ने प्रणाली पश्चिमतर्फ सरेकाले सुुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार आज सबैभन्दा धेरै असर कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

Dengue

राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । भोलि पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा ठूलो वर्षाको अनुमान गरिएको छ । वर्षाका कारण नदी तथा खोलामा बाढी आउने भएकाले सकेसम्म खोला नतर्न र पर्वतारोहणमा नजान पनि मौसमविद्को सुझाव छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार