कैलालीमा भारी वर्षा, धनगढी र आसपासका क्षेत्र जलमग्न

काठमाडौँ – कैलालीमा बिहीबारदेखि भारी वर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् । वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाका कारण दशैको टिका थाप्न हिँडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वर्षाका कारण हाल सम्म कुनै क्षतिको विवरण भने आएको छैन । ‘अहिले सम्म वर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सबै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’

Dengue

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जसका कारण बिहीबार देखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

‘बिहीबार रातिदेखि सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा वर्षा हुने र शनिबार अधिकांश स्थानमा वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।–न्युज कारखाना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार