नारायणी नदीले देवघाटमा सतर्कता पार गरेपछि

चितवन– नारायणी नदीले देवघाटमा सतर्कता पार गरेको छ । जलसतह थप बढ्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले आज साँझ सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । यसैगरी दाङ भएर बग्ने पश्चिम राप्ती नदिमा जलसतहले खतराको तह पार गरेको छ । दाङको बगासोति जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । अहिले राप्ती नदिमा जलसतह ६.४ मिटर पुगेको छ । सतर्कता तह ५.५ मिटर हो भने ६.२ मिटर जलसतह पुग्यो भने खतराको तह पार गरेको मानिन्छ ।

दुई दिन देखि लगातार पानी पर्दा डुबान र कटानको जोखिम बढेको छ । पश्चिम राप्ती र बबई नदि क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । लगातारको वर्षाले बबई नदीमा पनि जलस्तर खतराको चिह्नमाथि पुगेको छ । बबई नदीमा जलस्तर ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dengue

स्थानीय प्रशासनले बबई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा पानी परिरहेकोले खोला, नाला र नदीमा जलस्तर बढ्दै गएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार