सन्दीपको अनुरोध प्रहरीले स्वीकार गरेन, विमानस्थलबाटै हतकडी लगाएर प्रहरीको नियन्त्रणमा सन्दीप

काठमाडौं – बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् ।

१७ वर्षीया एक किशोरीलाई गौशालाको एक होटलमा उनले बलात्कार गरेको आरोप छ । उनीमाथि उजुरी परेपछि पक्राउ गरिएको हो ।

Dengue

सीपीएल खेलका लागि उनी जमैका पुगेका थिए । सोही समयमा उनीविरुद्ध उजुरी परेपछि खेल छाडेर बसेका थिए । उनी आजमात्रै काठमाडौं ओर्लिएका हुन् । सन्दीपले आफू कानुनी लडाइँ लड्न तयार भएकाले हतकडी नलगाइदिन प्रहरीसँग अनुरोध गरेका थिए । प्रहरी स्रोतले दिएको जानकारीअनुसार सन्दीपले प्रहरीलाई पत्र लेख्दै सुरक्षित र हतकडी नलगाइ प्रहरी कार्यालय लैजान आग्रह गरेका थिए ।

तर प्रहरीले हतकडी नलगाउन गरिएको आग्रहलाई भने अस्वीकार गरेको छ । सन्दीपलाई विमानस्थलबाट ओर्लनासाथ नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएर हतकडी लगाइएको थियो । विमानस्थलको भीआईपी कक्षबाट उनलाई बाहिर ल्याइएको थियो । विमानस्थलमा तस्बिर र भिडियोका लागि धेरै सञ्चारकर्मी उपस्थित भएका थिए । मास्क लगाएका सन्दीपले हातमा लगाइएको हतकडी भने छेक्ने प्रयास गरेका थिए ।

दोहाबाट कतार एयरवेजको जहाजमार्फत् नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत् उनी स्वेदश फर्किएका हुन् । भदौ ५ गते काठमाडौंको एक होटेलमा नाबालिगमाथि बलात्कार गरेको आरोप छ । किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार