यसपालीको दशैँ बन्यो झरिमय

काठमाडौँ – यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ ।

दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । तर, लगातार जसो परिरहेको पानीले टिका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुलाई सास्ती भएको छ ।

Dengue

दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा छाता, बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । प्रदेश एक, मधेश, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार