ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, दुईजना घाइते

स्याङ्जा : कालीगण्डकी गाउँपालिका–३ विर्घा–मिर्मी सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

आलमबाट बिर्घातर्फ जाँदै गरेको ट्रली नभएको सिरक–डसना बनाउने मेसिन जोडिएको लु ४ त ७८३१ नम्बरको टयाक्टर पक्की भित्री सडकखण्डमा मंगलबार साँझ करिब ८  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

धनगढी सूचना

बारा-गढीमाई नगरपालिकाका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले च्यापिएका उनलाई उपचारका लागि कालीगण्डकी अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए। 

यसैगरी, बारा-कलैया उपमहानगरपालिकाका २४ वर्षीय अर्जुन शाह र बारा गढीमाई नगरपालिकाका २६ वर्षीय सलाम मुदिन मन्सुरी दुर्घटनामा परी घाइते भएका प्रहरीको भनाइ छ। 

घाइते दुबैको टाउका र शरीरका भागमा चोट लागेको छ। उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा पठाइएको छ। टयाक्टरमा सवार बारा गढीमाई का १४ वर्षीय सिकन्दर यादव भने सकुशल रहेको प्रहरीले जनाएको छ। 

ट्याक्टर चालक गुल्मी कालीगण्डकी गाउँपालिकाका २६ वर्षीय सन्दीप वि.क. फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार