क्याफेमा पुरानो उधारोको विवादले विद्यार्थीको ज्यान लियो !

काठमाडौं : ललितपुरको च्यासलस्थित हिमालय कलेजका बीई तेस्रो सेमेष्टर पुरा गरेका विद्यार्थी नयन गुरुङ सोमबार साँझ साथीहरूसँग खुसीयाली मनाउन कलेज नजिकैको ‘टाउन हब’ क्याफेमा पुगे । सुनसरी घर भई सातदोबाटोमा बस्दै आएका २३ वर्षीय नयनले क्याफेमा बसेर सेमेष्टर सकिएको खुसी बाँडे ।

करिब राति ९ बजेर २० मिनेटमा क्याफेबाट निस्कने क्रममा नयनले बिल तिर्न खोज्दा क्याफेको काउण्टरमा रहेका हेमराज भट्टले पुरानो उधारो रकम पनि माग गरे । नयनले आफूहरू लामो समयदेखि उक्त क्याफेमा ग्राहक रहेको र पहिलेको उधारो पछि तिर्ने बताएर नयाँ बिलको मात्र रकम तिरे ।

धनगढी सूचना

तर, केहीबेरपछि नयन साथीहरूसँग क्याफेमा पुनः फर्किए । त्यहीबेला नयन र क्याफे कर्मचारी भट्टबीच उधारो रकमको विषयलाई लिएर विवाद भयो । विवाद बढ्दै जाँदा डडेलधुराका २६ वर्षीय भट्टले नयनमाथि चक्कु प्रहार गरे । गम्भीर घाइते भएका नयनलाई तत्काल बिएण्डबी अस्पताल लगियो तर उपचारकै क्रममा उनको ज्यान गयो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार घटनाको कारण पुरानो उधारोको विवाद देखिएको छ । नयन करिब साढे ३ वर्षदेखि उक्त क्याफेका नियमित ग्राहक थिए । उनका अनुसार नयनको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । घटनामा संलग्न भट्टलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार