काठमाडौँ : ड्राई फ्रुट्स हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छन् । काजू, बदाम, ओखर र पिस्ता आदि त सामान्यतया हाम्रो आहारको हिस्सा नै हुन्छन् ।
तर एउटा यस्तो ड्राई फ्रुट्स जसलाई धेरै नेपालीहरूले मन पराउँदैनन् । तर पौष्टिकता र स्वास्थ्यको हिसाबले यो काजू र बादाम भन्दा निकै लाभदायक हुन सक्छ ।
हामीले यहाँ कुरा गर्न लागेको ड्राई फ्रुट अरु केही नभएर हेजलनट अर्थात् कटुस हो । कटुसले शरीरलाई ऊर्जा त दिन्छ नै हड्डीलाई बलियो बनाउन पनि मद्दत गर्दछ । धेरै मानिसहरू काजू र बदामलाई सबै थोक मान्छन् ।
दैनिक रूपमा खान मन पनि पराउँछन् । यी दुवै स्वास्थ्यका लागि अद्भुत छन् । तर तपाईँलाई काजू र बदाम खान मन पर्दैन चमत्कारी कटुस खान सक्नुहुन्छ ।
कटुसमा पाइन्छ यस्ता पोषक तत्वहरूः
प्रोटिनः मांसपेशी बलियो बनाउन चाहिन्छ । भिटामिन ईः छाला र कपालको लागि लाभदायक छ । क्याल्सियम र म्याग्नेसियमः हड्डी बलियो बनाउन चाहिन्छ । ओमेगा–३ फ्याटी एसिडः मुटुको स्वास्थ्यका लागि चाहिन्छ ।
एन्टिअक्सिडेन्टः शरीरलाई फ्री रेडिकलबाट जोगाउनका लागि आवश्यक छ । डाइटरी फाइबरः पाचन सुधारेर वजन सन्तुलन कायम राख्न चाहिन्छ । थाहा पाउनुस् कटुस खानुका अचम्मका फाइदाहरू:
हड्डी बलियो बनाउन
कटुसमा पाइने क्याल्सियम, म्याग्नेसियम र फस्फोरसले हड्डीलाई मजबुत बनाउँछ । यसले ओस्टियोपोरोसिस जस्ता रोगबाट बचाउन पनि मद्दत गर्छ ।
मुटुको स्वास्थ्यको लागि लाभदायक
कटुसमा ओमेगा–३ फ्याटी एसिड र मोनोअनस्याचुरेटेड फ्याट पाइन्छ । यसले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र मुटुको रोगबाट बचाउँछ ।
ऊर्जाको राम्रो स्रोत
कटुसमा हेल्दी फ्याट र कार्बाेहाइड्रेट पाइन्छ, जसले शरीरमा लामो समयसम्म ऊर्जा बनाइराख्न मद्दत गर्छ । यो विशेष गरी खेलाडी र व्यायाम गर्नेहरूका लागि लाभदायक छ ।
मस्तिष्कको लागि लाभकारी
कटुसमा भिटामिन बी६ र म्याग्नेसियम पाइन्छ । यी तत्त्वले मस्तिष्कलाई तेज र स्वस्थ बनाउँछ । यसले मेमोरी र एकाग्रतामा पनि सुधार गर्छ ।
छाला र कपालको लागि वरदान
कटुसमा पाइने भिटामिन ई र एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र कपाललाई बलियो बनाउँछ । यसले छालालाई फ्री रेडिकलबाट हुने क्षतिबाट पनि जोगाउँछ ।
मधुमेहको जोखिम कम गर्छ
कटुसमा डाइटरी फाइबर पाइन्छ । यसको ग्लाइसेमिक इन्डेक्स पनि निकै कम हुन्छ, जसले ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत मिल्छ । यसले टाइप–२ मधुमेहको जोखिम पनि कम गर्छ ।
पाचन सुधार्छ
फाइबर पर्याप्त मात्रामा पाइने कटुसले पाचन प्रणालीलाई बलियो बनाउँछ र कब्जियतजस्ता समस्याबाट छुटकारा दिन्छ । दैनिक कटुसको सेवनले पेटको फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।
आफ्नो आहारमा यसरी मिसाउनुस् कटुसः
स्न्याक्सको रूपमा काँचै कटुस खान सकिन्छ । यसलाई बिहान स्मूदीमा मिलाएर खान सकिन्छ ।
केक, कुकीज र चकले जस्ता डेजर्टमा कटुसको पनि प्रयोग गर्नुहोस् । कटुसलाई काटेर सलादमा माथिबाट छर्कन सकिन्छ । हेजलनटबाट बटर बनाएर यसलाई पाउरोटी/रोटीसँग खान पनि सकिन्छ ।
यसैबीच यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने कटुसमा क्यालोरी निकै धेरै मात्रामा पाइन्छ । त्यसैले यसलाई आफ्नो आहारामा समावेश गर्नु अघि एक पटक आफ्नो डाक्टरसँग भने अवश्य परामर्श लिनु राम्राे हुन्छ ।
प्रतिक्रिया दिनुहोस्