काठमाडौँ : नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमिति सदस्य जय गोपाल साहको निधन भएको छ । पूर्व महाधिवेशन प्रतिनिधि समेत रहेका साहको गएराति निधन भएको हो ।
५१ वर्षीय उनको बीएण्डसी मेडिकल कलेज बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो । साहको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
देउवाको तर्फबाट पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आइतबार एक शोक विज्ञप्ति जारी गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको छन् ।
प्रतिक्रिया दिनुहोस्