तीन दिनदेखि सुनको मूल्यमा लगातार गिरावट

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

यसअघि बुधबार तोलामा ७ सय रूपैयाँ र बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो । आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

Seti Hospital

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार