काठमाडौं : साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४३ अंकले घटेर २५९६ दशमलव ८२ को विन्दुमा पुगेको छ ।
बिहीबार ३१० कम्पनीका ५५ हजार ९८९ पटकको कारोबारमा ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
१३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । २९ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।
प्रतिक्रिया दिनुहोस्