एनपीएल : जनकपुरविरुद्ध कर्णालीको मध्यम सुरुवात

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले मध्यम सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको कर्णालीले ७ ओभरको क्षतिमा ३ विकेटको क्षतिमा ५१ रन बनाएर खेलिरहेको छ। 

कर्णालीका ओपनर देव खनाल २४ रन बनाउँदै क्याच आउट भए। ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका देव जिम्मी निसमको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए। 

अर्का ओपनर जयकिसन कोल्सावाला १ रन बनाउँदा ललित राजवंशीको बलमा हर्ष ठाकेरबाट क्याच आउट हुन पुगे। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका जिसन मक्सुद १२ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा विकेट किपर लाहिरु मिलान्थाको हातबाट पेभेलियन फर्के। यो खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध खेल्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार