जनकपुरविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्दै !

काठमाडौँ : काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । गुर्खाजका कप्तान करण केसीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

अघिल्लो दिन लुम्बिनी लायन्समाथि १८ रनको जित निकालेको गुर्खाजले आफ्नो प्लेयिङ-११ मा कुनै परिवर्तन गरेको छैन । जनकपुरले जोशुआ ट्रम्पको स्थानमा मोहम्मद मोहिसनलाई टिममा फिर्ता ल्याएको छ ।

जनकपुरले ५ मध्येको चार खेल जितेको छ । अघिल्लो दिन सुदूरपश्चिमसँग पराजित भएपछि टोलीले शीर्ष स्थान गुमाएको थियो । सुदूरपश्चिमसँग जनकपुर ५१ रनमै अलआउट भएको थियो, जुन एनपीएलकै न्यून स्कोर हो ।

गुर्खाज ४ मध्यकेको २ खेलमा जित र २ खेलमा पराजय भोगि अंक तालिकामा पाँचौं स्थानमा छ । सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोली एनपीएलको प्लेअफमा पुग्ने प्रावधान छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार