सेयर बजारमा निरन्तर गिरावट

काठमाडौं : सेयर बजार परिसूचक नेप्से मंगलबार ६ अंकले घटेको छ । अघिल्लो कारोबारको दिन (सोमबार) १२ अंक घटेको बजार आज ६.३२ अंकले घटेको हो ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । सोमबार पाँच अर्ब ६२ करोड कारोबार भएको बजारमा आज एक अर्ब २१ करोड रकम घटेर चार अर्ब ४१ करोडमा झरेको छ ।

धनगढी सूचना

आज जोशी हाइड्रो, खानीखोला हाइड्रो, गणपति लघुवित्त, उपकार लघुवित्त, महिला लघुवित्तलगायत कम्पनीले उच्च नाफा कमाए । बजार घट्दा ८५ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १४८ कम्पनीको सेयरमूल्य घटेको छ ।

समूहगत उपसूचकतर्फ होटेल तथा पर्यटन, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रो फाइनान्स र ट्रेडिङ इन्डेक्सको सेयरमूल्य बढ्दा बाँकी समूहका सेयरमूल्य घटेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार